अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

महामारीका कारण गरिबीको अन्तर बढ्ने, थप १० करोड मानिस बेरोजगार बन्ने– राष्ट्रसंघ

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ ।महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

आगामी वर्ष साढे चार करोड भन्दा बढी महिला तथा केटाकेटी गरिबी र अभावबाट प्रभावित हुने राष्ट्रसंघको पूर्वानुमान छ ।राष्ट्रसंघका अनुसार गरिब र अल्प विकसित देशका महिला तथा बालबालिकाले कोरोना महामारी पछि अनौपचारिक क्षेत्रका श्रमिकहरुको दैनिकी कष्टकर हुने जनाएको छ ।

महत्वपूर्ण रोजगारी गुमाउँदा पुरुष भन्दा महिला नै बढी प्रभावित हुने राष्ट्रसंघको आँकलन छ ।राष्ट्रसंघकी महिला विभाग प्रमुख फुम्जाइल मेलाङ्गो एनगकाकाले समाजको अर्थव्यवस्थाका कारण महामारी लगत्तै महिला तथा बालबालिकाका सबैभन्दा बढी प्रभावित हुने बताउनुभयो ।उहाँले महामारी बढ्दै जाँदा पुरुषको तुलनामा महिलाहरुले चाँडै रोजगारी गुमाएको राष्ट्रसंघको एक अध्ययनले जनाएको छ ।

अनौपचारिक क्षेत्रमा बढी काम गर्ने महिलाहरुको बेरोजगारीको दर बढेको हो । राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार यस वर्ष जुन महिनामा कोरोना महामारीका कारण हजारौं घरेलु कामदारले रोजगारी गुमाएका छन् । राष्ट्रसंघीय महिला र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडिपी)का अनुसार महामारीको असरका कारण आगामी वर्ष करिब १० करोड मानिस चरम बेरोजगारीको सिकार बन्ने बन्ने छन् । जसमध्ये आधा भन्दा बढी महिला हुने राष्ट्रसंघको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू