अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

‘सरकारले काम गर्दैन, निषेधाज्ञा लगाएर आनन्दले बसेको छ’– नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ भदौ १८ गते ५:५८ मा प्रकाशित

सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा लगाएर चुप लागेर बसेको आरोप लगाएको छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदै गएको र कतिपय ठाउँमा समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको समितिको ठहर छ ।

समितिले विज्ञप्तिमार्फत देशको विभिन्न भागमा पनि निषेधाज्ञा लागू गरिएको र यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको आरोप लगाएको छ । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो रहेपनि निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट गहिरिएको तर सङ्क्रमण बढ्ने क्रम कम भएको छैन नभएको कांग्रेसको ठहर छ ।

केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षणसहित अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरिएकोमा सरकारले बेवास्ता गरेकोमा कांग्रेसले बनाएको समितिले आपत्ति जनाएको छ । कोरोना नियन्त्रणमा सरकारको संवेदनहीनता र निष्क्रियताको समितिले निन्दा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू