अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

पोखरामा २९ कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ भदौ १८ गते ५:५८ मा प्रकाशित

पोखरामा आज थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएअनुसार कन्ट्याक्ट ट्रेसिंङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका २९ जनामा कोरोना पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० वटा वडाका २१ देखि ५२ वर्ष उमेर समुहका महिला तथा पुरुष रहेको निर्देशनालयले जनाएको छ । बिहीबार दिउसो महानगरका अहिले पोखरामा १, ५ , ८ १०, १२, १३, १४, १६, २७ र ३० वडामा संक्रमण देखिएको हो ।

पोखरा १ की ४२ वर्षीया महिला ५ का २८ वर्षीय पुरुष , ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५ वर्षीया महिला तथा ३१, ३६ र ४७ वर्षका पुरुष , १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष , १६ का ५२ वर्षका पुरुष , २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

त्यसै गरी तनहुँ ब्यास १ र ४ का २९ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू