अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

बाग्लुङ बाढी पहिरोमा परी वेपत्ता भएका कम्तीमा १३ जनाको शव भेटियो

२६ जनाको अवस्था अझै अज्ञात, खोजी र उद्धार कार्य जारी

बिआरटीनेपाल २०७७ भदौ १८ गते ५:५५ मा प्रकाशित

बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा २६ जनाको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

हराउनेको संख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ । अरु थुप्रै घरमा क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ । घटनामा अहिलेसम्म ४ जना घाइते भएको भेटिएको प्रहरीको भनाइ छ ।

वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो । माथितिर कुनै ताल फुटेर वा खोला थुनिएर बाँध बनी एक्कासी बाढी आएको हुन सक्ने ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन मगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू