अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ भदौ १७ गते २३:०१ मा प्रकाशित

हाल मनसुनको न्युन चापीय रेखा नेपालको पश्चिमतिर तराई भू–भाग नजिक अवस्थित रहेको छ । देशभर सामान्य देखि पूर्णतया बदली रहेको छ भने बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विभागले जनाएको छ ।

विहीवार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राती देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, सुदुर पश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू