अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

स्वास्थ्यका मापदण्ड पूरा गरेर मल वितरण गर्न र लिन कृषि मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७७ भदौ १७ गते २२:४१ मा प्रकाशित

पर्याप्त मल नआएपछि मल लिन किसानको भिड बढेको छ । अधिकांश जिल्लाका सहकारीमा यतिबेला किसानको भिड बढेको छ । चाहेजति मल नपाउँदा मलका लागि सहकारीहरुमा लामो लाइन र भीडमा बस्नु अहिले किसानको बाध्यता बनेको छ । तर, सरकारले भिडभाड गरेर मल लिन नजान किसानलाई आग्रह गरेको छ । अब मलको अभाव नहुने भएकाले स्वास्थ्य सुरक्षाको मापदण्डलाई वेवास्ता गरी भिड नगर्न कृषि मन्त्रालयले आग्रह गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले सरकारले मल वितरणका लागि सरकारले तोकेको स्वास्थ्यका मापदण्ड निर्धारण गरिएको हुनाले त्यसरी नै मल वितरण गर्न र लिन आग्रह गर्नुभयो । उहाँले मल लिनका लागि भिडभाड गर्दा त्यसले जोखिम बढ्ने भएकाले सावधानी अपनाएर मात्रै मल वितरण गर्न डिपो र मल लिनका लागि किसानलाई भनिएको पनि बताउनुभयो ।


यसैगरी सरकारले बंगलादेशबाट ल्याउन लागेको मल खरिदको प्रक्रिया सुरु भएको पनि उहाँले जानकारी दिनुभयो । कम्तिमा ७ देखि १० दिन खरिद प्रक्रियाका लागि लाग्ने र एक महिनाको अवधिमा मल नेपाल आइसक्ने पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू