अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

बागलुङमा अविरल बर्षपछिको बाढीमा परी १७ जना बेपत्ता, उद्धार र खोजी कार्य हुँदै

बिआरटीनेपाल २०७७ भदौ १७ गते २२:२४ मा प्रकाशित

बागलुङमा गएराति परेको अविरल वर्षासँगै आएको बाढीमा परि १७ जना बेपत्ता भएका छन् । भूजिखोलाको शीर देउरालीमा ठुलो पहिरो गएको छ । पहिरोका कारण आएको बाढिले ढोरपाटन नगरपालिकाको वडा नं.९ र ८ मा जनधनको क्षति पुर्याएको हो । बाढिका कारण अहिलेसम्म १७ जना सम्पर्क बिहीन भएका छन् भने ४ जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

यस्तै ढोरपाटन घुम्न गएका गलकोटका एकजना युवा बेपत्ता भएको स्थानीयले बताएका छन् । बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानीय जीवन पुनले जानकारी दिनुभयो । यस्तै बाढीले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्डेमा १, घर बगाएको छ, भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिनुभयो ।

घटनाको एकिन विवरण आउन बाँकी रहेको बताइएको छ । घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ । वेपत्ताको खोजी तथा उद्दारका लागि घटना स्थलतर्फ ४० जना सुरक्षाकर्मी खटाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू