अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

भारतको मेदान्त अस्पतालमा कार्यरत नेपाली कलेजो रोग विशेषज्ञ शाहद्धारा आत्महत्या

बिआरटीनेपाल २०७७ भदौ १७ गते ६:४४ मा प्रकाशित

भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार ४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी घरेलु समस्याका कारण डा. साहले आत्महत्या गरेको हुनसक्ने बताएको छ।डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन्, भने उनकी श्रीमती र ६ वर्षकी छोरी पश्चिम बंगालमा बस्दै आएकी छन्। उनी केही समययता श्रीमतीसँग छुट्टीएर बस्दै आएका थिए।

उनले तीन वर्षदेखि मेदान्त अस्पतालमा रोबोटिक लिभर ट्रान्सप्लान्ट सर्जनका रुपमा काम गर्दै आइरहेका थिए। उनले पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस तह पूरा गरेपछि भारतको चन्डीगढबाट एमएस तह पास गरेका थिए। त्योपछि डा. साहले भारतको एम्स कलेजबाट एमसीएच तह पूरा गरेर कलेजो प्रत्यारोपण विज्ञ चिकित्सकका रुपमा काम गर्न थालेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू