अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

अष्ट्रेलियामा तीन दशकपछिकै पहिलाे आर्थिक मन्दी

बिआरटीनेपाल २०७७ भदौ १७ गते ०:१४ मा प्रकाशित

कोरोना भाइरसले अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धिलाई रोकेको छ । सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । यस्तै पहिलो तीन महिनामा ० दशमलव ३ प्रतिशतले गिरावट आएको थियो ।

अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो ।  लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो ।

यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू