अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ १६ गते ६:४३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ महिला र ६ जना पुरुषले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. गौतमका अनुसार चितवनका ५५ र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुष गरी तीन जना, काठमाडौँका ७० र ७५ वर्षीय पुरुष तथा ८९ वर्षीया महिला, ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीय महिला, कपिलवस्तुकी ६० वर्षीया महिला, बाराका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ। देशभर बुधबार मात्रै १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू