अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

विश्वमा १ करोड ७७ लाख २४ हजार ४ सय भन्दा धेरै कोरोनाको उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ १५ गते ६:१५ मा प्रकाशित

विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाख २४ हजार ४ सय भन्दा धेरै कोरोनालाई जितेर घर फर्किएका हुन् ।

अमेरिकाका ३४ लाख २५ हजार ८ सय , ब्राजिलका ३० लाख ३१ हजार ५ सय , भारतका २७ लाख ७५ हजार १ सय र रसियाका ८ लाख ९ हजार ३ सय बढीले कोरोना कोरोना संक्रमणलाई जितेका हुन् । अहिले ६८ लाख ४० हजार ५ सय भन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये ६१ हजार ८१ अर्थात १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म कोरोनाका कारण २ करोड ५४ लाख १६ हजारभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लाख ५१ हजारको ज्यान गएको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकाको क्यालिफोर्नियामा परेको छ । क्यालिफोर्नियामा मात्रै अहिलेसम्म ७ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू