अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

राजेश पायल राईको ‘खै के भयो’ सार्वजनिक

बिआरटीनेपाल २०७७ भदौ १४ गते १०:१५ मा प्रकाशित

चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्वजनिक भएको छ । रमेश मगरको शब्द सङ्गीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोबास गर्दै आएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाऊ अतीतका ती तिता पल लगायतका गीतमा शब्द सङ्गीत दिइसकेका छन् ।

सार्वजनिक गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका हुन् । चर्चित प्रांकस्टार एलिस राई, नगमा श्रेष्ठ, निनाहाङ राई अभिनीत गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेका हुन् ।

आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गरेका हुन् । जस्केको क्रियसनको प्रडक्सनमा तयार भिडियोलाई गायक तथा सङ्गीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया