अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

नेपालमा २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना सङ्क्रमण, १४ जनाको ज्यान गएको पुष्टि

बिआरटीनेपाल २०७७ भदौ १४ गते ७:०३ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार ५ सय ६१ पुगेको छ । गएको २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार सात सय १७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १२ सय बढीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २ सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ । अब नेपालमा १७ हजार ५ सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । ७ हजार ७ सय ९७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । मृतकहरुमा ललितपुर र महोत्तरीका ३/३ जना, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ, रौतहट र नवलपरासीका १/१ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू