अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४६ मा प्रकाशित

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एकजना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पुर्याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।

एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु. १ लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद रु. १५ हजार ५५५, सम्मानपत्र र दोसल्ला रहेको छ । ‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजल सङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कविता सङ्ग्रह प्रकाशन गरिसकेका डा.भट्टराईका करिब १ दर्जन गीत र गजल रेकर्ड भएका छन् ।

प्रतिक्रिया