अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको नेविसंघको आरोप

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४२ मा प्रकाशित

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको आरोप लगाएको छ ।कोरोना महामारीको संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत बिश्वका अन्य बवश्वबिद्यालय सरह नयाँनयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनुपर्ने समयमा उल्टै विद्यार्थीहरुको भबिष्य अन्धकार बनाउने काम गरेको संघको आरोप छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्व विद्यालयका बर्तमान पदाधिकारीको अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो छ, भनेका छन् ।त्रिविले सधैं तयारी गर्दैछौं भन्ने रेडीमेड जवाफ दिएको र बिश्व विद्यालयका पदाधिकारीबाट थप बिकृति र बिसंगति ल्याउने काम बाहेक केही गर्न नसकेको तिमल्सिनाको आरोप छ ।

परीक्षाको लागि सूचना सम्प्रेषण मात्र गरेको,अनलाइन कक्षा संचालन गर्न नसकेको, बैकल्पिक माध्यमबाट पनि परीक्षा संचालन गर्न नसकेको संघको आरोप छ ।संघले बिश्वबिद्यालयलाई जोगाउंदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षपकारी भुमिकासहित बिश्वबिद्यालयको संरक्षणका निम्ति अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू