अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

प्रमोदको ‘नेपाली म हुन सकु’मा दिलीप रायमाझी

बिआरटीनेपाल २०७७ भदौ १२ गते १०:१३ मा प्रकाशित

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘नेपाली म हुन सकु’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत यस गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज विश्वकर्माले संगीतवद्द गरेका हुन् ।

म्युजिक भिडियोमा सदाबहार नायक दिलीप रायमाझी फिचर्ड छन् । भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । नारायण काँईलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरूमा आग्रह गरेका छन् ।

प्रतिक्रिया