अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 21:50

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ३६ हजार ४ सय नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:२९ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ३६ हजार ४सय नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३६ हजार ४ सय ७५ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ४६ लाख ६५ हजार २ सय ८१ लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ७१ लाख २० हजार ७१ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ६७ लाख ८ हजार ७ सय ३५ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६६ लाख ४७ हजार ३ सय ४६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ३ सय ८९ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ६० लाख ४९ हजार ४ सय ४० जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८४ हजार ९ सय २७ जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३७ लाख ६४ हजार ४ सय ९३ जना सङ्क्रमित हुँदा १ लाख १८ हजार ७ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३३ लाख ९२ हजार ३ सय ६७ सङ्क्रमित हुँदा कोरोनाका कारण ६१ हजार ७ सय २५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू