अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

नेपालमा एकैदिन १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण, मृतकको संख्या १ सय ८३ पुग्यो

बिआरटीनेपाल २०७७ भदौ ११ गते ६:३० मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ । गत २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १ हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ५ सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ ।

अब नेपालमा १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ९ हजार ४ सय ८८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू