अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३०
| Colorodo: 03:45
बागलुङको अर्नाकोटमा अविरल वर्षापछि आज बिहान खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयले थाहा पाएर पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो । मृतकका बाबु विदेशमा छन् । अन्य परिवारका सदस्य भए नभएको अहिलेसम्म खुलेको छैन ।