अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

नायिका कार्की र एड्भेन्चर स्टार खाती अभिनीत रोमान्टिक म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७७ भदौ ८ गते १०:४५ मा प्रकाशित

लोकप्रिय नायिका प्रियंका कार्की र एड्भेन्चर स्टार गौतम खाती अभिनीत रोमान्टिक म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । भर्खरै विवाह भएर नयाँ जोडीको रूपमा एड्भेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्कीलाई भिडियोमा प्रस्तुत गरिएको छ । नयाँ दुल्हा दुलहीको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध कसरी सुमधुर बन्दै जान्छ भन्ने कुरालाई भिडियोमा देखाउन खोजिएको छ ।

साइब्रत आचार्यले सहायक निर्देशन गरेको म्युजिक भिडियोको निर्देशन निर्देशक सुब्रत राज आचार्यले गरेका हुन । भिडियोमा गौतम खाती र नायिका प्रियंका कार्कीको रोमान्टिक सिक्वेन्सहरुलाई निकै आकर्षक ढ्ंगले प्रस्तुत गरिएको छ । काठमाण्डौको बुढानीलकण्ठ क्षेत्रमा सुटिङ सम्पन्न भएको भिडियोमा उत्सव दाहालको छांयाकन रहेको छ भने विष्णु खडकाको सम्पादन रहेको छ । भिडियोमा सुगम भुजेलको कोरियोग्राफी रहेको छ भने भिडियोका प्रोडक्सन म्यानेजर दिपेन गौतम हुन । नेपाल आइडल सिजन वान मार्फत चर्चा कमाएका गायक प्रताप दास र अनु चौधरीको सुमधुर आवाजमा सजिएको गीतमा निरा खातीको शब्द रचना रहेको छ । डी बि लामाको सङ्गीत रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन । भिडियोलाई ओ एस् आर डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू