अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

कांग्रेसका महामन्त्री शशांक कोइरालाद्धारा महाधिबेशनमा उम्मेद्धवार बन्ने उद्धघोष, देउवालाई हराउने दावी

बिआरटीनेपाल २०७७ भदौ ८ गते ५:४९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने उद्घोष गर्नुभएको छ । उहाँले पार्टीकोे आसन्न महात्रिबेशनमा शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने दाबी गर्नुभएको छ । पार्टी सभापतिमा अरु धेरै नेताले दावी गरिरहे पनि महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुँदा मात्रै देउवालाई पराजित गर्न सकिने उहाको दावी थियो ।

देउवालाई पराजित गर्नकै लागि आफूले सभापतिमा दाबी गरिरहेको कोईरालाको भनाई छ । यद्यपि, कांग्रेसमा कोइराला परिवारबाटै उहाँका दाजु डा. शेखर कोइरालाले पनि सभापतिमा दाबी गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने महामन्त्री कोइरालाले दावी गर्नुभएको छ । संस्थापनका धेरै नेताले सभापतिको उम्मेदवारीका लागि दाबी गरिरहेको भन्दै कोइरालाले पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको पनि इच्छा रहेको बताउनुभयो ।

देउवालाई सभापतिमा हराउन सबै मिल्नुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले सभापति देउवाले महाधिवेशनको मुखमा विभागहरु गठन गरेर मनोमानी गरेकोले त्यसको जवाफ महाधिवेशनबाट दिइने प्रष्ट पार्नुभयो । फागुन ७ देखि नै महाधिवेशन गर्ने पक्षमा आफू रहेको पनि महामन्त्री कोईरालाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू