अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

भारतीय बाबा नित्यानन्दमाथि आफ्नै शिष्य बलात्कार आरोप

बिआरटीनेपाल २०७७ भदौ ८ गते १:३२ मा प्रकाशित

भारतीय बाबा नित्यानन्दले ‘कैलाश रिजर्भ बैंक’ र आफ्नै नामको मुद्रा सार्वजनिक गरेका छन् । भारतीय प्रहरीको खोजीको सूचमिा रहेका बलात्कार आरोपी बाबा नित्यानन्दले शनिबार ‘कैलाश रिजर्भ बैंक’ र आफ्नै नामको मुद्रा सार्वजनिक गरेका छन् ।

दक्षिण अमेरिकामा ‘बाबा’ बनेर बसिरहेका नित्यान्दले मुद्राको नाम ‘कैलाशीयन डलर’ राखेका छन् । यस मुद्राबारे कैलाशा वेबसाइटमा पनि यसको वैधानिकता दाबी गरिएको छ । साथै त्यो मुद्रा बैंकले कुटनीतिक सम्झौतामा हस्ताक्षर भएका देशमा मात्रै चालु हुनेछ ।

नित्यानन्दले यसबारे युट्युबमा भिडियो समेत बनाएका छन् । उनले ७७ प्रकारका सिक्का बनाएर सार्वजनिक गरेको पनि बताएका छन् । तर हाल उनले ७ वटा कैलाशीयन डलर सार्वजनिक गरेको गरेका छन् । नित्यानन्दमाथि २०१८ देखि भारतमा विभिन्न आपराधिक घटना गरेको मुद्दा दर्ता हुँदै आएको छ । भारतमै आफ्नै आश्रममा छँदा शिष्यलाई यौन शोषण, यातना र बलात्कार गरेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू