अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बिआरटीनेपाल २०७७ भदौ ६ गते २२:०३ मा प्रकाशित

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ ।चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो । दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ ।

चालु वर्ष सारा विश्वमा नयाँ कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको महोत्सवको शुभारम्भ गर्दै चिनियाँ सञ्चार समूहका उप–निर्देशक येन स्याउ मिङले बताउनुभयो । उहाँले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । महामारी नियन्त्रणसँगै देशभरका सिनेमा घरहरू क्रमशः पुनः खोलिएको छ ।

प्रतिक्रिया