अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

‘टिक टक’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा

बिआरटीनेपाल २०७७ भदौ ६ गते २२:०० मा प्रकाशित

चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो ।राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ ।

अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गर्नुभएको थियो ।टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनिया सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ ।

तर टिकटकले भने ट्रम्पको आरोप अस्विकार गरेको छ । अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । यसअघि अर्को चिनियाँ एप विच्याटले पनि कानुनी उपचारको बाटो खोजेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू