अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

विकृति र विसङ्गति विरुद्धको दरिलो आवाज बनेकी भक्तपुरकी रन्जना

बिआरटीनेपाल २०७७ भदौ ६ गते ८:५० मा प्रकाशित

काठमाडौँ – नरम स्वभाव, हँसिलो अनुहार भएकी बहुप्रतिभाकी धनी सञ्चारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडी र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकी रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् ।

विगत १३ वर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाई सेवा गर्दै आएकी मिडिया पर्सानालिटि रन्जनाले सञ्चार क्षेत्रको माध्यम बाट जनतालाई सुसूचित गर्दै हजारौँ पीडित नेपालीहरू दुःखको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। सडकमा छ्ट्पटिरहेका पीडित देखि आश्रममा आश्रित अनाथ होस्, भुकम्पको दर्दनाक अवस्था होस् या कोभिड-१९ को पिडा हरेक समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी लाखौँ जनताको ढुकढुकी बन्न सफल बहुप्रतिभाशाली रन्जना सितिखु भक्तपुरकी शान हुन् भन्दा अतियुक्ति नहोला। आफ्नो कर्मलाई विश्वास गर्ने रन्जना पाँच वटा विद्यालयमा नृत्य प्रशिक्षण गराउदैं आएकी छिन। नृत्य विधामा अब्बल रन्जना थिएटर आर्टिस्ट हुन् भने विभिन्न संचारगृहमा काम गर्दै लामो अनुभव संगालेकी उनले आफ्नो आवाजको माध्यम बाट विकृति र विसङ्गति विरुद्ध लड्दै समेत आएकी छिन। विभिन्न राष्ट्रिय सम्मान बाट सम्मानित भइसकेकी रन्जनाले दर्जनौँ रियालिटी सो कार्यक्रमहरूमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छिन।

महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रवर्धन गर्दै नारी हकहितमा दरिलो आवाज बनेकी ‘रन्जना सितिखु’ बहुप्रतिभाशाली, भर्सलटाइल व्यक्तित्वको रूपमा परिचित छिन। भविष्यमा सामाजिक कार्यमानै आफ्नो जीवन व्यतीत गर्ने सोच बनाएकी रन्जना निरन्तर समाज परिवर्तनमा प्रयासरत छिन ।

प्रतिक्रिया