अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

गायक शिव परियारको ‘लौ न बोलिदेऊ’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ भदौ ५ गते १२:१४ मा प्रकाशित

काठमाडाैं । कवि तथा सञ्चारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ ।

वरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत, रिदम कँडेलको सङ्गीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो ‘१डिबी एचडी’ मा तयार गरिएको हो ।

सङ्गीतकार सिंहले आफ्नो तीन दशकको साङ्गीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए ।

गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइन लिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।

‘लौ न बोलिदेऊ’ गीत गायक परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौँ साङ्गीतिक सङ्ग्रह ‘शिवालय’ मा सङ्गृहीत रहने छ ।


प्रतिक्रिया