अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

अनेसास महिला समितिको संयोजकमा उर्मिला निर्दोषी मनोनीत

बिआरटीनेपाल २०७७ भदौ ५ गते १०:१५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिको संयोजकमा उर्मिला निर्दोषी मनोनीत हुनुभएको छ । अनेसास केन्द्रीय कार्य समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै बसेको बैठकले सर्वसम्मत रूपमा उहाँलाई संयोजकमा चयन गरेको हो |

दुई बर्से कार्यकाल रहने सो समितिले अन्तर्राष्ट्रिय महिला सम्मेलन र महिला साहित्यकारलाई समेटेर कृति प्रकाशन गर्ने गर्दछ | समितिले आगामी वर्ष चौथो अन्तर्राष्ट्रिय महिला सम्मेलन गर्नेछ ।

नौ वर्ष जति नेपालमा वकिलको हिसाबले नेपाली महिला तथा दिदीबहिनीहरूको सेवा गरी उन्नाइस वर्ष अघि निर्दोषी अमेरिका आउनु भएको हो । अमेरिकामा पनि नेपाली समुदायका विभिन्न सङ्घसंस्थामा रहेर नेपाली दिदीबहिनीलाई मद्दत पुर्‍याउँदै आउनुभएको छ ।

अनेसास मिजौरी च्याप्टर अमेरिकाको अध्यक्षसमेत रहनु भएकी निर्दोषीको दुई कृति प्रकाशोन्मुख रहेका छन् । समितिमा उहाँभन्दा अघि गीता खत्री र भारती गौतमले महिला समितिको नेतृत्व लिनु भएको थियो ।

प्रतिक्रिया