अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

नेपाल एअरलाइन्सका जहाज दुबई जाँदै, टिकट काटिसकेका यात्रु नेपाल ल्याउने

बिआरटीनेपाल २०७७ भदौ ५ गते ६:३३ मा प्रकाशित

टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ ।आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ ।

गएको मङ्गलबार नेपाली लिन दुबई गएको नेपाल एअरलाइन्सको जहाजलाई क्वरेण्टीन नभएको भन्दै रित्तै काठमाण्डौ फर्काएपछि चौतर्फी आलोचना भएको थियो । नेपाल फर्कन विमानस्थल पुगेका नेपाली निराश हुँदै घर फर्किएका थिए । तर कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय उल्टाउँदै बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्धार उडान फेरि सुरु गर्ने निर्णय गरिसकेको छ । यसको लागि होटल क्वरेण्टीनको समेत सूची सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू