अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 02:18

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन

बिआरटीनेपाल २०७७ भदौ ५ गते ६:३० मा प्रकाशित

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय अन्र्तगतको छुट्टै समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिलाई कोरोना भाइरस नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने उच्चस्तरीय समिति भनिएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालको नेतृत्वमा बसेको मन्त्रालयको बैठकले समिति गठन गरेको हो । समितिले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गर्नेछ । समितिले प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गर्नेछ ।

समितिले स्थलगत रुपमा अध्ययन गरी कोभिड–१९ का बिरामीको उपचारलाई सहज बनाउने, सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा व्यवस्था गर्नेछ । कन्ट्र्याक्ट ट्रेसिसङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनेदेखि मापदण्ड पालना भए नभएको पनि अनुगमन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू