अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

कोलोराडोका प्लम्बर दीपक सुनुवारलाई अर्को सफलता

बिआरटीनेपाल २०७७ भदौ ४ गते १२:५१ मा प्रकाशित

जन्मथलो भक्तपुर भई कर्मथलो कोलोराडो राज्य बनाएका दीपक सुनुवार विगत ६ वर्ष देखि अरोरा सहरमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । कोलोराडो राज्यमा नेपाली समुदायमा आफ्नो परिचय बनाउनुका साथै नेपाली समुदायमा निकै लोकप्रिय नाम हो दीपक सुनुवार । उनी कोलोराडो राज्यका एक समाजसेवी पनि हुन् । विगत ६ वर्षदेखि आफूले सिकेको सिप प्लम्बरको हैसियतले नेपाली समुदाय लगायत विभिन्न समुदायलाई समेत सेवा प्रदान गर्दै आएका छन् ।

यस क्रममा उनले कोलोराडो राज्यमा मास्टर प्लम्बर लाइसेन्स प्राप्त गरी कोलोराडो राज्यमा पहिलो नेपाली मास्टर प्लम्बर बनेर अर्को सफलता हात पार्न सफल भएका छन् । उक्त लाइसेन्स प्राप्त गर्न ९८०० घण्टा अर्थात् ५ वर्षभन्दा बढी प्लम्बिङ्ग क्षेत्रमा काम गरेको अनुभव हुनुपर्दछ र कुनै मान्यता प्राप्त ठेकेदार (Contractor) ले प्रमाणित गरेपछि र ५ घण्टाको लगातार International Plumbing Code Book को परीक्षा उत्तीर्ण गरेर कोलोराडो राज्यले सबै योग्यता प्रमाणित गरी सकेपछि मात्र मास्टर प्लम्बरको लाइसेन्स प्राप्त गर्न सकिन्छ । यस अघि सुनुवारले पहिलो नेपाली गृह परीक्षक (Home Inspector) को लाइसेन्स प्राप्त गरिसकेका थिए । दीपक सुनुवारलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । 

प्रतिक्रिया