अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

विश्वभर कोरोनाबाट ७ लाख ८४ हजार ८ सय बढीको मृत्यु, १ करोड ५० लाख ७१ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ ३ गते ६:३४ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ८४ हजार ८ सय ८९ जनाको ज्यान गएको छ । २ करोड २३ लाख ३६ हजार १ सय ८४ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ७५ लाख ७१ हजार ३२ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७५ हजार १ सय ५, ब्राजिलमा १ लाख १० हजार १९ , भारतमा ५३ हजार ४६ जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ९ सय ८९, मेक्सिकोमा ५७ हजार ७ सय ५४, पेरुमा २६ हजार ६ सय ५८ , कोलम्वियामा १५ हजार ६ सय १९, स्पेनमा २८ हजार ६ सय ७०, ईरानमा १९ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ३ सय ८१, पाकिस्तानमा ६ हजार २ सय १, बंगलादेशमा ३ हजार ७ सय ८१, ईटलीमा ३५ हजार ४ सय ५ ,फ्रान्समा ३० हजार ४ सय ५१, क्यानडामा ९ हजार ४५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ५९ ,अफगानिस्तानमा १ हजार ३ सय ७५, माल्दिभ्समा २४, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ४७ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू