अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 08:46

काठमाडौं उपत्यका आजै रातिबाट सिल गरिने, अत्यावश्यक बाहेक आवागमन नै बन्द

बिआरटीनेपाल २०७७ भदौ ३ गते ६:३३ मा प्रकाशित

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमितको संख्या दिन प्रतिदिन उकालो लाग्न थालेपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसको आवागमन ठप्प नपारे विकराल अवस्था आउने आंकलन गर्दै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्दाे विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावश्यक सेवा बाहेकका सबै सेवासहित मानिसहरुको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय