अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

होम आईसोलेसनका विरामी छिटो निको हुने स्वास्थ्य मन्त्रालयको दावी

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:३४ मा प्रकाशित

सरकारले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितहरु अस्पतालमा भर्ना हुने संक्रमितभन्दा छिटो निको हुने दावी गरेको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो दावी गरेका हुन्। होम आइसोलेसन बस्नेहरुको मृत्युदर पनि कम हुने उनको भनाइ छ।

प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘विदेशमा गरेका अनुसन्धानहरुमा पनि होम आइसोलेसनमा बस्नेहरुको मृत्युदर कम छ।’ यस्तै मन्त्रालयले एटीएमबाट पैसा निकालिसकेपछि हातमा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ। साथै बैंकहरुलाई पनि डिसइन्फेक्ट गर्न मन्त्रालयले सुझाव दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू