अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 01:28

पेन्सल्भेनियामा स्वास्थ्य-सामग्री तथा खाद्यान्न वितरण

बिआरटीनेपाल २०७७ साउन ३१ गते २०:४२ मा प्रकाशित

कोलोराडो । पेन्सल्भेनिया राज्यस्थित क्रियटिभ होम केयरले आफ्ना सम्पूर्ण सेवाग्राही तथा कर्मचारीलाई शुक्रवार स्वास्थ्य-सामग्री तथा खाद्यान्न वितरण वितरण गरेको छ । विशेष गरी वृद्धवृद्धा र स्वास्थ्य स्थिति कमजोर भएका व्यक्तिहरूमा कोभिड-१९ र यसबाट परेको प्रभाव बढी देखिएकाले यस्तो कार्यक्रम गरिएको संस्थाले बताएको छ ।

शुक्रवार ह्यारिसबर्गको ५६२० डेरी स्ट्रिटमा भएको कार्यक्रममा ४० पाउन्ड बासमती चामल, ४ पाउन्ड हरियो केराउ दाल, ४ पाउन्ड कालो चना, १४ ग्राम जिरा मसला, १४ ग्राम बेसार, २ पाउन्ड चियापत्ती, १ पाउन्ड चिनी, नुन, बदामको पेय पदार्थ, १ बोतल तोरी तेल, रमपम चाउचाउ, आलु भुजिया, थुक्पा खाद्यान्न वितरण गरियो । यसै गरी स्वास्थ्य-सामग्रीमा मास्क ५० वटा, एक बक्स पन्जा (१०० वटा), आधा लिटर ह्यान्ड स्यानिटाइजर, १०० चक्की भएको टायलेनोलको बोतल र एक थान हाइड्रोकर्टिसन हरेक कर्मचारी र सेवाग्राहीलाई वितरण गरिएको थियो ।

उक्त सामाग्री वितरण कार्यक्रमबाट ११०० भन्दा बढी सेवाग्राही र कर्मचारी लाभान्वित भएका छन् । संस्थाका निर्देशक नवीन्द्र आचार्यले यस कार्यक्रमबाट यस्तो महामारीको अवस्थामा सेवाग्राहीले निकै राम्रो राहत पाएको उल्लेख गर्नुभएको छ । कार्यक्रममा स्वतारा टाउनशिप कमिस्नर टम कोनोली, स्वतारा प्रहरी विभाग लगायत संस्थाका प्रोप्राइटर भुवानी कोइराला, एचआर प्रबन्धक अभि न्यौपाने, कार्यालय प्रबन्धक यदु निरौला, मित्र धिमाल, भुवानी महत, कृष्ण खड्का, गोभिन आचार्य, लक्षु धमला, महा-प्रबन्धक उदय आचार्य जस्ता समाजसेवीको उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू