अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

राष्ट्रिय फुटबल टिमका एक खेलाडी कोरोना संक्रमित

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:४० मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका एक खेलाडी कोरोनाभाइरस संक्रमित भएका छन् । बन्द प्रशिक्षणमा बोलाइएका एकजना खेलाडी कोरोना संक्रमित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले बताउनुभयो ।गएको सोमबार र मंगलबार गरी दुई दिन विश्वकप र एसियाली छनोटका लागि बन्द प्रशिक्षणमा बस्नका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित ५४ जनाको ‘पीसीआर’ परीक्षण गरिएकामा एक खेलाडीमा कोरोना देखिएको हो ।

उनको पहिलो रिपोर्टमा कोरोना देखिएपछि बिहीबार पुनः गरिएको परीक्षणमा पनि ‘पोजिटिभ’ देखिएको हो । उनी आफ्नै घरमा ‘आइसोलेसन’मा रहेको प्रवक्ता राईले बताउनुभयो ।एन्फाले भदौ १ गतेदेखि ३४ खेलाडीलाई समावेश गरेर प्रशिक्षण तयारी गरेको भएपनि बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेसँगै एन्फाले प्रशिक्षणसमेत अनिश्चित समयका लागि स्थगित गरेको छ । सरकारले भने यसअघि नै फुटबलबाहेकका सबै खेलकुदको प्रशिक्षणलगायतका कार्यक्रम रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू