अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

कोरोनाभाइरस विरुद्ध रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:३६ मा प्रकाशित

कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले जानकारी दिनुभयो ।

परीक्षणका लागि रुसले सहयोग गर्नेपनि उहाँले बताउनुभयो । फिलिपिन्सका हजारौं बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ । बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराउनुभएको थियो ।

रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरि नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्र समेत पेस गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू