अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

अमेरिकामा कोरोनाको खोप निशुल्क वितरण गर्नुपर्ने बिज्ञहरुको भनाई

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:३० मा प्रकाशित

अमेरिकामा कोरोना भाईरस विरुद्धको खोप बिशुलक वितरण गर्नुपर्ने बिज्ञहरुले बताएका छन् । कोरोनाभाइरसको खोप प्रमाणित भएमा सबै अमेरिकीलाई निशुल्क वितरण गर्नुपर्ने उनीहरुको भनाई छ । अमेरिकी अधिकारीहरुका अनुसार खोपको नियमन र मुल्यांकन अहिले जारी रहेको र सम्भवतः खोपलाई मान्यता दिएपछि सवैलाई निशुल्क वितरण गर्ने बताईएको छ ।

अमेरिकाले विभिन्न ६ वटा खोप कार्यक्रमका लागि १० बिलियन डलर भन्दा धेरै लगानी गरिसकेका छन् । साथै दशौँ लाख डोज खोपको सुनिश्चितताको लागि अमेरिकाले हस्ताक्षर गरिसकेको छ । सम्झौता अनुसार खोपको डोजको मूल्य सरकारले नै तिर्नेछ ।स्वास्थ्य विभागका अधिकारी म्यांगोका अनुसार २०२१ के जनवरीसम्ममा दशौँ लाख खोपको डोज वितरण गरिनेछ ।

राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक फ्रान्सिस कोलिन्सले अमेरिकाले लगानी गरेका ६ मध्ये एक खोप यस वर्षको अन्त्यसम्म आइसक्नेमा आशावादी रहेको बताउनुभएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरुले भने सुरक्षाको सावधानीलाई प्रशासनले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रुसले यही साता कोरोनाभाइरसको खोप दर्ता गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू