अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

विश्वभर कोरोनाबाट ७ लाख ५८ हजार बढीको मृत्यु, १ करोड ३९ लाख ५१ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:२६ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ५८ हजार बढीको ज्यान गएको छ । २ करोड ११ लाख ४ हजार ४ सय २६ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ३९ लाख ५१ हजार ७ सय ७३ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण अमेरिकामा सवैभन्दा बढी १ लाख ७० हजार ४ सय ३९, ब्राजिलमा १ लाख ५ हजार ५ सय ६४, भारतमा ४८ हजार १ सय ८८ जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ४ सय ९८, मेक्सिकोमा ५५ हजार २ सय ९३, पेरुमा २५ हजार ६ सय ४८ , कोलम्वियामा १४ हजार १ सय ४५, स्पेनमा २८ हजार ६ सय ५, ईरानमा १९ हजार ३ सय ३१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ३ सय ४७, पाकिस्तानमा ६ हजार १ सय ५३, बंगलादेशमा ३ हजार ५ सय ९१, ईटलीमा ३५ हजार २ सय ३१ ,फ्रान्समा ३० हजार ३ सय ८८, क्यानडामा ९ हजार १५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय १६ ,अफगानिस्तानमा १ हजार ३ सय ६३, माल्दिभ्समा २१, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय २८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू