अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

पाकिस्तानले आज ७४ औं स्वतन्त्रता दिवस मनायो

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:२६ मा प्रकाशित

पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज आफ्नो परिसरमा झन्डात्तोलन गर्दै मनाएको हो ।कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा.अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा प्रधानमन्त्री खानले जम्मु–कश्मिर समस्या राजनीतिक र कुटनीतिक आधारमा सामाधान हुनुपर्ने धारणा राख्नु भएको थियो ।

नेपालका लागि पाकिस्तानी राजदूत जावेदले कश्मीर समस्या र काश्मीरका नागरिकले भोग्नु परको समस्याको बारेमा धारणा राख्दै उहाँले १९६० मा स्थापित भएको नेपाल पाकिस्तानको कुटनीतिक सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

यसैबीच, नेपालका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र पाकिस्तानबीच सम्बन्ध सदैव सुमधुर रहने विश्वास व्यक्त गर्दै स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू