अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

स्वास्थ्य मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:१८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुमति विना कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीहरुको रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न अनुरोधन गर्नुभएको हो ।

सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको भन्दै प्रवक्ता गौतमले कुनै सङ्क्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू