अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, थप ५ सय ९४ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:१७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या १०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । थपिएका मृतकमा बाराका २ तथा मोरङ्ग, सिरहा र धनुषाका १/१ जना रहेका छन् ।

यसैबीच, देशमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा २ सय ४० जनामात्र संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ । यो ६६ दशमलव ८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ जना भेन्टिलेटरमा तथा ९८ जना आइसीयूमा रहेका छन् । १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू