अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

कालिकोटको महाबैंमा पहिरो– ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:१५ मा प्रकाशित

कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।मृतकहरु मध्ये चारजना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ । कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू