अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

नीराजन र सृष्टिको रोमान्टिक ‘साँझ’

बिआरटीनेपाल २०७७ साउन २९ गते ९:४७ मा प्रकाशित

लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बिचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र अरुबेला फिल्ममा व्यस्त हुने कलाकार फुर्सदको समयलाई म्युजिक भिडियोमा सदुपयोग गरिरहेका छन् ।

मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहीबार सार्वजनिक भएको छ । भिडियोमा उनले नीराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, सङ्गीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेस गरिएको छ । उज्ज्वल जोशीको कलर, सम्पादन र छायाङ्कन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया