अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

अदालतमा सुनुवाइ बन्द गर – नेपाल बार

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:५२ मा प्रकाशित

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरणका अत्यावश्यक निवेदनबाहेक सबैखालका मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण फैलिएको र त्यसले जोखिम बढाएको भन्दै बारले नियमित मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु नै संक्रमित भएको, राजधानी बाहिरका न्यायाधीशहरुमा पनि संक्रमण फैलिएको, अदालतका कर्मचारी तथा कानुन व्यवसायीहरुमा समेत संक्रमण देखिएको भन्दै बारले यसबारे निर्णय गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू