अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

न्यूजील्यान्डकोे अकल्यान्डमा पुनः लकडाउन, १४ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:५२ मा प्रकाशित

न्यूजील्यान्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तीन महिनासम्म न्यूजील्यान्डमा स्थानीय रूपमा संक्रमण देखिएको थिएन तर केही दिनअघि एउटै परिवारमा चार सङ्क्रमित फेला परेको थियो ।

अहिले भेटिएका सङ्क्रमितमध्ये १३ जनाको सम्बन्ध उक्त परिवारसँग भएको बताइएको छ ।अर्का व्यक्ति विदेशबाट फर्किएर क्वारन्टिनमा बसेका थिए ।प्रधानमन्त्री जसिन्डा आर्डर्नले विद्यमान परिस्थितिको गम्भीरता बुझ्न सक्ने भन्दै परिस्थितिको अविलम्ब तर संयमित र विधिवपूर्वक सामना गरिने बताउनुभयो ।

अहिले फेरि अकल्यान्डमा हिँडडुल गर्न कडा प्रतिबन्ध लगाइएको छ भने देशभरि नै सामाजिक दूरीका उपाय अवलम्बन गर्न भनिएको छ । कोरोना महामारी नियन्त्रणमा न्यूजील्यान्डले चालेको कदमको विश्वभर प्रशंसा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू