अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

तीन महिनाको ८७ करोड योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४८ मा प्रकाशित

सरकारले घोषणा गरेअनुसार बैशाख, जेठ र असार महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेको छ । कोषले माग गरेअनुसारको रकम अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमार्फत कोषमा जम्मा गरेको हो । कोषले माग गरेअनुसार तीन महिनाका लागि ८७ करोड रकम अर्थले मन्त्रालयमा पठाएको हो ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्न सरकारले घोषणा गरेको थियो । सरकारले घोषणा गरेअनुसार गत चैतको १८ करोड ६७ लाख रुपैयाँ बराबरको रकम कोषमा जम्मा गरिसकेको छ । जसमा तीन महिनाको रकम पठाईएको हो । तीन महिनाको ८५ करोड र चैत महिनाको बाँकी गरि अर्थले ८७ करोड रुपैयाँ पठाएको कोषले जनाएको छ ।

एक हजार ८८ रोजगारदाताका ५५ हजार ६ सय ७० योगदानकर्ताका लागि उक्त रकम सरकारले व्यहोरेको कोषका सूचना अधिकारी बिवेक पन्थीले जानकारी दिनुभयो । प्रति महिना २८ करोड ४१ लाख गरी तीन महिनाका लागि उक्त रकम कोषमा जम्मा भएको उहाँले बताउनुभयो । चैतमा ३१ हजार योगदानकर्ताको रकम यसअघि नै सरकारले व्यहोरीसकेको छ ।

कोषमा योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा मुख्य योजना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू