अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

‘भारतले सीमा विवाद थप जटिल नबनाओस्’–चीन

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४८ मा प्रकाशित

भारतमा रहेको चिनियाँ दूतावासले भारतले सीमा विवादलाई थप जटिल नबनाउने सङ्केत गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले बुधबार राति ट्वीट गर्दै दुवै देशले सीमा विवादमा मिलेर कदम चाल्नुपर्ने बताउनुभएको हो । प्रवक्ता जी रोङ्गले ट्वीटमा लेख्नुभएको छ, ‘भारतले सीमा विवाद थप जटिल हुने कुनै कदम नउठाउने आश गरेका छौँ । भारतले सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरताको लागि वातावरण तयार गर्नेमा चीन विश्वस्त छ ।’ प्रवक्ता जी रोङ्गले द्विपक्षीय सम्बन्धमा प्रगतिको पनि आशय व्यक्त गर्नुभएको छ ।

एक प्रश्नको जवाफमा भारतीय पक्षले चीनसँग सीमामा सङ्घर्ष लामो समयसम्म रहन सक्ने बताएका छन् । चिनियाँ दूतावासका प्रवक्ताले भने भारत र चीन कुटनीतिक र सैनिक माध्यमबाट एक–अर्काको सम्पर्कमा रहेको बताएका छन् । यो समय भारत–चीन तनाव कम भइरहेको छ । यसैबीच भारतमा चिनियाँ दूतावासको पत्रिकाको जुलाई अङ्कमा भारत र चीनको सम्बन्धलाई लिएर विस्तारमा भनिएको छ । यो पत्रिकामा भारतका लागि चिनियाँ राजदूत सुन वीदोङ्गले कुनै पनि सम्बन्धमा उतारचढाव आइरहने लेख्नुभएको छ ।

चिनियाँ राजदूतले भारत–चीनबीच सीमा विवाद र सीमामा भएको दुर्भाग्यपूर्ण घटनाबाट दुई देशका नेता सी जिनपिङ र नरेन्द्र मोदीको द्विपक्षीय साझेदारीको दूरदृष्टिबाट भड्किन नहुने लेख्नुभएको छ । उहाँले सीमामा तनावपूर्ण स्थिति कमी भएको बताउँदै भारत र चीन प्रतिद्वन्द्वी नभइ साझेदार हुनुपर्ने बताउनुभएको छ । चिनियाँ राजदूतले सन् १९९० को दशकदेखि चीन र भारत एक–अर्काका लागि खतरा छैनन् भन्ने सहमतिमा पुगेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू