अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

एटलान्टालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४२ मा प्रकाशित

इटालीको एटलान्टालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ । पोर्चुगलको लिस्बनमा भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो । खेलको २६ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिए ।

पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा २ गोल गर्दै परिणाम उल्टायो । उसका लागि मार्किनोज र एरिक म्याक्सीम चोपो–मोटिङले एक एक गोल गरे । पिएसजीको पुनरागमनपछि एटलान्टाको च्याम्पियन्स लिगको शानदार यात्रामा पूर्णविराम लागेको छ ।

जितसँगै पिएसजी २५ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको हो । च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाईनल खेलमा आज राती जर्मनीको आर.बी लेप्जीग र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू