अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

विश्वभर २ करोड ८३ लाख ३७ हजार ३ सय मानिसलाई कोरोना सङ्क्रमण, ७ लाख ४७ हजार ८ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४१ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण २ करोड ८३ लाख ३७ हजार ३ सय ७६ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ७ लाख ४७ हजार ८ सय ९९ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ३७ लाख २९ हजार ९ सय ३० उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी प्रभावित अमेरिकामा ५३ लाख ६० हजार ४ सय ८८ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ६९ हजार १ सय ३५ जनाको ज्यान गएको छ । ब्राजिलमा ३१ लाख ७० हजार ४ सय ७४ जनामा संक्रमण फैलिँदा १ लाख ४ हजार २ खसय ६३ जनाकोे मृत्यु भएको छ । भारतमा २३ लाख ९९ हजार ९ सय ९२ जनालाई कोरोना सङ्क्रमण हुँदा ४७ हजार १ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

रसियामा १५ हजार ३ सय ८४, मेक्सिकोमा ५४ हजार ६ सय ६६, पेरुमा २१ हजार ७ सय १३ , कोलम्वियामा १३ हजार ८ सय ३७, स्पेनमा २८ हजार ५ सय ७९, ईरानमा १९ हजार १ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४१ हजार ३ सय २९, पाकिस्तानमा ६ हजार १ सय ३९, बंगलादेशमा ३ हजार ५ सय ५७, ईटलीमा ३५ हजार २ सय २५ ,फ्रान्समा ३० हजार ३ सय ७१, क्यानडामा ९ हजार ६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ,अफगानिस्तानमा १ हजार ३ सय ६३, माल्दिभ्समा २१, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय २८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू