अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

कोरोनाविरुद्ध रुसले तयार पारेको खोपले आधिकारीक मान्यता पाइसकेको दाबी

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४० मा प्रकाशित

कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको खोपबारे विश्व जगतले गरेको शंकालाई रुसले बेतुकको टिप्पणी भनेको छ । खोपको सबै आवश्यक परिक्षण र प्रक्रिया पूरा गरिएको भन्दै रुसले अनावश्यक सन्देह नगर्न सचेत समेत गराएको छ ।

रुसका स्वास्थमन्त्री मिखाइल मुराश्कोले आफ्नो देशले खोप तयार पारेपछी अन्य देशहरुलाई जलन भएकाले आलोचना गरेको बताउनुभयो ।रुसले मानव शरिरमा दुई महिनामात्रै परीक्षण गरेपछी यो खोपलाई स्वीकृती दिएको भन्दै जर्मनी, फ्रान्स, स्पेन, अमेरिका लगाएतका राष्ट्रका बैज्ञानिकहरुले टिकाटिप्पणी गरेका थिए ।

उनीहरुले खोपबारे सतर्क रहन सबैलाई अपिल समेत गरेका छन् । रुसी स्वास्थ्यमन्त्रीले यो खोपले आधिकारिक मान्यता पाइसकेको जिकीर गर्नुभएको छ । उहाँले यो खोप आगामी दुइ सातामा नै प्रयोगमा ल्याउने दाबी समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू